मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड
परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड

। परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गरेका हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गरे ।

साथै, यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनले बताए ।


‘तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो।त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ,’ उनले भने ।

शिष्टाचार भेटमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिए ।

भेटवार्ताका क्रममा दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जनाएका छन् । भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ । जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि नै त्यसखालको आक्रोशको आफूहरूले विश्लेषण गरेको बताएका छन् । युवाहरूमा रहेको आक्रोशको पूर्वानुमान गरेको र त्यसअनुसार त्यसबेलै अभिव्यक्तिहरू संसद्मै समेत दिएको उनी बताउँछन् । तर युवाहरूको आक्रोशलाई एकीकृत गरेर अगाडि बढाउने गरी पार्टीले नेतृत्व लिन नसकेको उनको स्वीकारोक्ति ...
। जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो । नेटवर्कको ...
। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । आफू बसेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर ...