मुख्य समाचार
दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने
दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् ।

दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र हतासाको मनोविज्ञान बढेको भन्दै त्यसबाट मुक्त भएर अगाडि जानुपर्ने बताएका हुन् ।

‘हामी युद्ध मोर्चा होस्, चुनावी मोर्चामा जितेको बेला विपक्षलाई एकदम कमजोर ठान्दिने, अनि हारेको बेला विपक्षलाई भयंकर ठूलो ठान्ने, कहिले जितिन्न, कहिले हराउन सकिन्न जस्तो ठान्ने,’ उनले भने, ‘अहिले यसो कम्युनिस्ट आन्दोलनमा हेर्‍यो भने अलि–अलि आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसमा पनि हेर्‍यो भने अब कहिले सकिँदैन, अब बर्बाद भयो भन्ने बढी देखिन्छ ।’

यहाँनेर उनले एमाले नेताहरूले सहकार्यका लागि आग्रह गर्दै आएको बताए । ‘अझ हाम्रो पङ्तिमा भन्दा एमालेका साथीहरूमा अलि बढी त्यो छ । जहाँ गयो भने पनि पार्टी मिलाऊँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ, के गर्ने हो जहाँ गए पनि लौ कमरेड लाग्नुपर्‍यो भन्ने । त्यो लेभलको हतासा पनि हुन जरुरी छैन’, नेता पुनले भने ।


चुनाव जितेको अवस्थामा संयमी र धैर्यतापूर्वक आफ्नो शक्तिलाई सही ढंगले प्रयोग गर्नुपर्ने र हारेको बेलामा सम्हालिएर अगाडि बढ्न सक्नुपर्ने उनको आग्रह छ ।

तथापि, आफूहरू सडक र सदनको संघर्षमा भने एमालेसँग पनि सहकार्य गर्नुपर्ने पक्षमा रहेको उनले बताए । संविधान र वर्तमान व्यवस्था रक्षाका लागि तयार हुने प्रजातान्त्रिक शक्तिहरूसँग पनि सदन र सडक दुवै मोर्चामा सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

‘संविधान व्यवस्था रक्षाको लागि तयार हुनेहरूलाई सदनमा, सडकमा चाहिँ सहकार्य गर्ने कुरा अहिलेको आवश्यकता हो,’ उनले भने, ‘त्यो कुरामा चाहिँ हामी आम जनतालाई, कार्यकर्तालाई तयार गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको बताए । ‘यो सरकारले सबैभन्दा बढी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले २३–२४ भदौ २०८२ को घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए । ‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो । ...
। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका छन् । राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् । विगतका चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य संभव नहुँदा पराजय बेहोर्नु परेको उनले बताएका छन् । ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा ...
। नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृतिप्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय ९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमतिप्राप्त गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौता अन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच संघर्ष चलिरहेको बताएका छन् । दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा’ उनले भने । रास्वपाभित्रको संघर्ष बाहिर समेत ...