मुख्य समाचार
नेपाली पुरुष राट्रिय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने
नेपाली पुरुष राट्रिय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने

— नेपाली पुरुष राट्रिय क्रिकेट टिमले सन् २०२७ मा इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपालले पहिलो पटक लर्ड्स मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । ३ जुन २०२७ मा नेपाल र बंगलादेशबीच उक्त ऐतिहासिक खेल हुनेछ । बंगलादेशको पुरुष टोलीले पनि पहिलो पटक लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

मेरिलिबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ । नेपालले १ जुनमा वर्म्सलीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ ।

त्यसपछि ३ जुनमा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । भ्रमणका क्रममा नेपालले आयरल्यान्डसँग पनि ४ खेल खेल्नेछ । ६ जुनमा वर्म्सलीमा ५० ओभरको खेल हुनेछ भने ९ जुनमा सोही मैदानमा टी–२० खेल हुनेछ । त्यस्तै, ११ र १२ जुनमा बेकनह्‍याममा आयरल्यान्डसँग दुई टी–२० खेल खेल्ने तालिका छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लर्ड्समा ऐतिहासिक खेल खेल्न पाउनु नेपाली क्रिकेटका लागि विशेष अवसर भएको बताएका छन् । उनले एमसीसी, इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड ईसीबी, बंगलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

यस्तै, एमसीसीका चीफ एक्जिक्युटीभ सेक्रेटरी रोबर्ट लसनले पछिल्ला केही वर्षमा एमसीसी र क्यानबीचको सम्बन्ध प्रगाढ हुँदै गएको उल्लेख गर्दै आपसी भ्रमणले अनुभवहरूको आदानप्रदान तथा क्रिकेट खेलको विकासमा सहकार्यकर्य गर्ने अवसर मिलेको बताए । एमसीसीले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको विकासमा सहयोग पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति भएको छ। नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बीच आज थाइल्यान्डमा भएको छलफलमा निलम्बन फुकुवाका लागि सहमति जुटेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत पाँच महिनादेखि एन्फालाई निलम्बनमा ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ। राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका ...
। कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो। १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग बिहीबार खेल्नेछ। चितवन तीन संस्करणमा पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो। पहिलो संस्करणमा प्लेअफ पुगेको चितवनले एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले हार बेहोरेको थियो। दोस्रो संस्करणमा भने चितवन ...
— इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा ...