मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दै
प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दै

। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो ।

मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ आयोजना हुनेछ ।

प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ ।

भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले रुपन्देहीबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका–१, सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रित लागु औषध एम्पुल (डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन) खरिदबिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ। पक्राउ ...
। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी अवसर सिर्जना गर्ने तथा उद्योग–व्यवसायको वास्तविक जनशक्ति आवश्यकता अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो । बिहिबार मन्त्रालयमा श्रममन्त्री ...
। टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय कूटनीतिक पहलपछि सम्मेलनको मस्यौदा ‘कभर’ निर्णय (कभर डिसिजन) मा पर्वतीय कार्ययोजना कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम), कोपको स्थायी कार्यसूची, उच्चस्तरीय राजनीतिक ...
। स्थानीय निर्वाचनको तयारीमा होमिएको श्रम संस्कृति पार्टीले इलाममा पनि गतिविधि बढाएको छ । अध्यक्ष हर्क साम्पाङकै उपस्थितिमा इलाम र पाँचथरको सीमावर्ती क्षेत्रदेखि व्यापारिक केन्द्रहरूमा केही कार्यक्रम भइसकेको छ । ‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् । चुनावी तयारीकै क्रममा फाकफोकथुम गाउँपालिका, इलाम र पाँचथरको सीमावर्ती पञ्चमी बजार, ...
: नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार गरेका छन् । बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले एमालेको कार्यशैली ‘एलिट’ र चुनावका बेला मात्रै जनतामाझ पुग्ने ‘टुरिस्ट’ जस्तो बनेको बताएका हुन् ...