मुख्य समाचार
नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ
नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ

: प्रहरीले रुपन्देहीबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका–१, सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रित लागु औषध एम्पुल (डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन) खरिदबिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, जिल्ला महाराजगन्ज थाना सुनौलीका २० वर्षीय प्रदिप केवट र सोही स्थानका २० वर्षीय कुलदिप सहानी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १ हजार २ एम्पुल नियन्त्रित लागूऔषध, ३ थान मोबाइल र १ थान भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद दशीका सामानसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी.,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन ...
। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी अवसर सिर्जना गर्ने तथा उद्योग–व्यवसायको वास्तविक जनशक्ति आवश्यकता अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो । बिहिबार मन्त्रालयमा श्रममन्त्री ...
। टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय कूटनीतिक पहलपछि सम्मेलनको मस्यौदा ‘कभर’ निर्णय (कभर डिसिजन) मा पर्वतीय कार्ययोजना कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम), कोपको स्थायी कार्यसूची, उच्चस्तरीय राजनीतिक ...
। स्थानीय निर्वाचनको तयारीमा होमिएको श्रम संस्कृति पार्टीले इलाममा पनि गतिविधि बढाएको छ । अध्यक्ष हर्क साम्पाङकै उपस्थितिमा इलाम र पाँचथरको सीमावर्ती क्षेत्रदेखि व्यापारिक केन्द्रहरूमा केही कार्यक्रम भइसकेको छ । ‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् । चुनावी तयारीकै क्रममा फाकफोकथुम गाउँपालिका, इलाम र पाँचथरको सीमावर्ती पञ्चमी बजार, ...
: नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार गरेका छन् । बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले एमालेको कार्यशैली ‘एलिट’ र चुनावका बेला मात्रै जनतामाझ पुग्ने ‘टुरिस्ट’ जस्तो बनेको बताएका हुन् ...