मुख्य समाचार
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो । अर्थशास्त्रीहरूले बेरोजगारी दर ४.७ प्रतिशतमै स्थिर रहने अनुमान गरेका थिए । तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा फरक अवस्था देखाएको छ ।
तथ्यांक विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्मको अवधिमा रोजगारीमा रहेका अस्ट्रेलियाली नागरिकको संख्या ४३ हजार ५०० ले घटेको छ । यसै अवधिमा बेरोजगार व्यक्तिको संख्या भने १७ हजार ८०० ले बढेको छ ।

अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए । यसअघि सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो ।


यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) ले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा बेरोजगारी दर क्रमशः बढ्ने अनुमान गरेको थियो । बैंकका अनुसार सन् २०२६ को जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको थियो ।

अस्ट्रेलियाली तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवामा पनि बेरोजगारी बढेको छ। उक्त उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ। यो पनि पाँच वर्षयताकै उच्च दर हो ।

त्यस्तै, अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । यो सन् २०२१ को डिसेम्बरयताकै न्यून स्तर हो ।

श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको तथ्यांक विभागले जनाएको छ । यस दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारी खोजिरहेका छन् भन्ने देखाउँछ ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ ।

लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु तथा श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजारमा आएको परिवर्तनलाई संकेत गरेको छ । विशेषगरी युवा उमेर समूहमा बेरोजगारी बढ्नु रोजगार बजारका लागि चुनौतीका रूपमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनमाथि रुसले गरिरहेको आक्रमण अन्त्य गर्ने उद्देश्यले रुससँग वार्ता गर्न तयार रहेको युरोपेली नेताहरूले बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा युक्रेनका सहयोगी राष्ट्रहरूको समूह ‘कोलिसन अफ द विलिङ’ को शिखर सम्मेलनमा उनीहरूले सो घोषणा गरेको बीबीसीले जनाएको छ । युरोपेली नेताहरुले युक्रेनको पक्षमा एकजुट समर्थन जनाउँदै वार्ताका लागि युरोपको स्पष्ट र साझा धारणा रहेको बताएका छन् ...
: मलेसियाले आगामी सन् २०२७ जनवरी १ देखि भारतीय नागरिकहरूलाई दिँदै आएको 'भिसा फ्री' (बिनाभिसा प्रवेश) सुविधा खारेज गर्ने भएको छ । यो निर्णय लागू भएसँगै मलेसिया भ्रमण गर्ने सबै भारतीय राहदानीवाहकहरूले यात्रा गर्नुअघि अनिवार्य रूपमा भिसा लिनुपर्नेछ ।यसअघि मलेसियाले भारतीय नागरिकहरूलाई बिनाभिसा देश प्रवेशको अनुमति दिँदै आएको थियो । उक्त सुविधाअन्तर्गत भारतीय नागरिकहरू पर्यटन, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको ऐतिहासिक त्रिपक्षीय भेटवार्ता उपलब्धिभन्दा बढी तामझाम र प्रचारमा सीमित भएको विश्लेषण गरिएको छ । एसिया भ्रमणका क्रममा तीन शक्तिशाली राष्ट्रका नेताबीच पहिलोपटक भएको यस भेटलाई कतिपयले ऐतिहासिक ‘याल्टा २.०’ का रूपमा व्याख्या गरेका थिए । तर, भेटवार्तामा ठोस कार्ययोजना र स्पष्ट ...
। गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा बढी मानिस बसोबास गरिरहेका थिए । करिब २.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा झन्डै चार हजार विस्थापित नागरिक अस्थायी शिविरमा बस्दै आएका थिए ...
। चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका, चीन र रुसले विश्वव्यापी चुनौतीको सामना गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् । चीनको सेन्जेनमा आयोजित एपेक सम्मेलनलाई सम्बोधन गर्दै सीले एपेक इतिहासबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै कठिन समयमा मात्रै वास्तविक जिम्मेवारीको पहिचान हुने बताए । सीले आजको विश्व छुट्टाछुट्टै टापुहरूको समूह नरहेको पनि बताए । ‘मानवता यस्तो विश्वव्यापी गाउँमा बसिरहेको ...