: मलेसियाले आगामी सन् २०२७ जनवरी १ देखि भारतीय नागरिकहरूलाई दिँदै आएको 'भिसा फ्री' (बिनाभिसा प्रवेश) सुविधा खारेज गर्ने भएको छ ।
यो निर्णय लागू भएसँगै मलेसिया भ्रमण गर्ने सबै भारतीय राहदानीवाहकहरूले यात्रा गर्नुअघि अनिवार्य रूपमा भिसा लिनुपर्नेछ ।यसअघि मलेसियाले भारतीय नागरिकहरूलाई बिनाभिसा देश प्रवेशको अनुमति दिँदै आएको थियो । उक्त सुविधाअन्तर्गत भारतीय नागरिकहरू पर्यटन, व्यापार, सामाजिक गतिविधि र ट्रान्जिटका लागि ३० दिनसम्म बिनाभिसा मलेसियामा बस्न पाउँथे ।
मलेसियाको अध्यागमन विभाग (जेआईएम) ले एक सूचना जारी गर्दै नीतिगत परिवर्तनबारे जानकारी गराएको हो । सूचनामा भारतीय नागरिकलाई दिइएको भिसा छुट आगामी वर्षको सुरुवातदेखि समाप्त हुने उल्लेख छ । नयाँ नियम लागू भएपछि मलेसिया प्रवेश गर्ने प्रत्येक भारतीय यात्रुसँग पूर्वस्वीकृत वैध भिसा हुनु अनिवार्य हुनेछ ।
यद्यपि, यो नियम तत्कालै लागू भने हुने छैन । यात्रुहरूको सहजताका लागि भारतीय नागरिकहरूले आगामी डिसेम्बर १, २०२६ देखि मलेसियाको आधिकारिक 'माइभिसा' पोर्टलमार्फत अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । यसले नया नियम लागू हुनुअघि यात्रुहरूलाई आवश्यक तयारी गर्न एक महिनाको समय प्रदान गर्नेछ