मुख्य समाचार
काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि ‘जलवायु कार्य सप्ताह’ सुरु गर्ने
काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि ‘जलवायु कार्य सप्ताह’ सुरु गर्ने

: काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि ‘जलवायु कार्य सप्ताह’ सुरु गर्ने भएको छ।

महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास थालनी गर्ने उद्देश्यका साथ जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो। सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले जनाएको छ। जसमा नीतिगत तथा राजनीतिक संवादरराउन्ड टेबल, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्रणाली र फोहोरमैला व्यवस्थापन, बालबालिका तथा युवा जलवायु कार्य दिवस, खाद्य प्रणाली र अन्तिम दिन नागरिक समाजरउत्तरदायित्व तथा ‘काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम समावेश रहेको काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार, बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई एउटै मञ्चमा ल्याई कार्यान्वयन तहमा तत्काल कार्य थालनी गर्ने लक्ष्य राखिएको उनले बताइन्। डंगोलले जाडो महिनामा चिसोसँगै वायु प्रदूषण बढ्ने र काठमाडौँ उपत्यका प्रदूषित सहरको सूचीमा माथिल्लो क्रममा पर्ने गरेकाले वायु प्रदूषण सम्बोधन गर्ने कार्ययोजना पनि जलवायु कार्य सप्ताहकै क्रममा सार्वजनिक गरिने जानकारी दिइन्।

जलवायु कार्य सप्ताहअन्तर्गत विद्यालयहरूमा फोहोर वर्गीकरण, वृक्षरोपण तथा इको क्लब गतिविधि र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि जलवायुसम्बन्धी भिडियो प्रतियोगिता आयोजना गरिनेसमेत महानगरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि बढेपछि स्थानीय प्रशासनले निगरानी बढाउने भएको छ। मंगल र बुधबार विभिन्न स्थानमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ठुलो सङ्ख्यामा विदेशी नागरिक फेला परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुगमनलाई तीव्र बनाउने जनाएको हो। मंगलबार प्रशासन कार्यालय र काभ्रे प्रहरीले पाँचखालबाट शंकास्पद गतिविधि गरिरहेका ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा ...
: ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक लागुऔषधसहित पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार, जेम्स स्कुलका बस चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–५ का ३० वर्षीय राज रसाइली ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् । उनीसँगै काभ्रेपलाञ्चोक नमोबुद्ध–११ का २७ वर्षीय समिर तामाङ, दोलखा शैलुङ–२ का ३० वर्षीय दिनेश वाइबा र भारत बिहारका ...
: वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी.,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन ...
: प्रहरीले रुपन्देहीबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका–१, सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रित लागु औषध एम्पुल (डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन) खरिदबिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ। पक्राउ ...
। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी अवसर सिर्जना गर्ने तथा उद्योग–व्यवसायको वास्तविक जनशक्ति आवश्यकता अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो । बिहिबार मन्त्रालयमा श्रममन्त्री ...