मुख्य समाचार
प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा
प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ ।

नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच व्यापक छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।




परराष्ट्र सचिव अमृत राईका अनुसार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने उनले बताए ।


यसैगरी, विभिन्न ऊर्जा तथा पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यासका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी एकसाथ दर्जनौं ऐन संशोधन तयारी गरेको छ । यो प्रयोजनका लागि सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ को मस्यौदा तयार पारेको छ । सरकारले लगानी प्रवर्द्धन तथा सहजीकरण, उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र विस्तार तथा पूर्वाधार विकास, आयोजना तयारी तथा कार्यान्वयनसँग सम्बन्धित ऐन ...
: निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरूसँग परामर्श गरेको छ। शुक्रबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै आयोगले आर्थिक एवं व्यावहारिक पक्षलाई मध्यनजर गर्दै स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा सुझाव लिएको हो। आयोगले गरेको प्रस्तावमा पार्टीभित्र छलफल गरी ...
। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा छ । प्रधानमन्त्री शाह यहि मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जाँदैछन् ।
: निर्वाचन आयोगले सबैको सहमति अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलहरूसँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायकभन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमतिअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताएका हुन्। उनले निर्वाचनको मिति घोषणाबारे अहिले ...
: काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि ‘जलवायु कार्य सप्ताह’ सुरु गर्ने भएको छ। महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास थालनी गर्ने उद्देश्यका साथ जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो। सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले ...