मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ ।

त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने लगायतका निर्णयहरू भएका छन् ।


यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् । भूकम्पपछिको खोज तथा उद्धार, राहत ...
: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्। महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये ...
। नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ । आजको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भने, ‘राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल हुनेछ । राम्रो सम्बन्ध ...
: कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ । भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो । nullआषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष ...
: विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन्। करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो। स्थानीयले उखुबारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा युवकको शरीरमा लगाएका कपडा यथावत् थिए। उनको दाहिने कानमा चोट लागेको र घाउबाट रगत बगिरहेको अवस्थामा शव फेला ...