मुख्य समाचार
एक युवक मृत अवस्थामा फेला
एक युवक मृत अवस्थामा फेला

: विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन्। करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

स्थानीयले उखुबारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा युवकको शरीरमा लगाएका कपडा यथावत् थिए। उनको दाहिने कानमा चोट लागेको र घाउबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं प्रहरी टोलीसहित घटनास्थल पुगेका छन्।

प्रहरीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक प्रमाण संकलन गरिरहेको छ। युवकको मृत्यु कसरी भयो भन्नेबारे यकिन भइसकेको छैन। वन्यजन्तुको आक्रमणमा परेर मृत्यु भएको हो वा अन्यत्र हत्या गरी शव उखुबारीमा ल्याएर फालिएको हो भन्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अवस्था हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ।

एसपी कटवालले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट मात्रै घटनाको वास्तविकता खुल्ने बताए। मृतकको पहिचानसमेत खुल्न सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। हालका प्रधानसेनापति अशोकराज ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ...
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्। ५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको ...
। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् । भूकम्पपछिको खोज तथा उद्धार, राहत ...
: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्। महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये ...