मुख्य समाचार
भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइए
भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइए

: कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ । भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो । nullआषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।null

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ ।
यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला चलिरहेको छ । काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। हालका प्रधानसेनापति अशोकराज ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ...
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्। ५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको ...
। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् । भूकम्पपछिको खोज तथा उद्धार, राहत ...
: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्। महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये ...