मुख्य समाचार
चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगे
चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगे

। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् ।

भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् ।

भूकम्पपछिको खोज तथा उद्धार, राहत वितरण र प्रभावित परिवारको पुनर्स्थापनादेखि बस्तीको पुनर्निर्माणसम्मको अनुभव बुझ्ने अवसर प्राप्त भएको पराजुलीले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुननिर्माण पश्चात् जनतालाई जीविकोपार्जन र आर्थिक उपार्जनसँग जोड्ने संयन्त्रमा चीनले अवलम्बन गरेका विषयलाई अध्ययन गर्ने अवसर पनि प्राप्त भयो ।’

वेनचुआनको अनुभवले नेपालमा केही समय अगाडि घटेको विपद् तथा भविष्यमा हुनसक्ने विपद्सँग जुध्नका लागि एउटा महत्त्वपूर्ण पाठ सिकाएको पनि उनले बताएका छन् ।


विपद् आउनुअघि नै जोखिम पहिचान, सूचना प्रणालीको विकास, सुरक्षित ठाउँ पहिचान र उद्धारमा कसको भूमिका र जिम्मेवारी कस्तो हुने भन्ने स्पष्ट कार्यविधिबारे स्थानीय सरकार र समुदायले मिलेर गरिएको तयारी र नियमित अभ्यास को कार्यविधिलाई हुबहु कार्यान्वयनमा ल्याएको राम्रो अनुभव देख्न पाइएको पनि पराजुलीले बताएका छन् ।

उनी थप्छन्, ‘भूकम्पको दर्दनाक पीडा र ७० हजार भन्दा बढी नागरिकको ज्यान गुमेको ठाउँलाई इतिहासमा कहिले नबिर्सने गरी म्युजियम नै तयार बनाएर राखिएको र भविष्यमा आउन सक्ने त्यस्ता विपद्सँग जुध्नको लागि गरिएका तयारी र त्यसको कार्यान्वयन भोटेकोशी–त्रिशूलीका विपद् र प्रभावित क्षेत्रको पुननिर्माणका लागि एउटा महत्त्वपूर्ण उदाहरण वेनचुआन शहरको पुननिर्माण हुन सक्छ ।’

रास्वपाका २० जना सांसद् चीन भ्रमणमा छन् । कात्तिक २९ गते ११ दिने चीन भ्रमणमा निस्केको रास्वपाका महामन्त्री विपिनकुमार आचार्य संयोजकत्वको टोलीमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी छन् ।

रास्वपाका सहमहामन्त्रीसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटा, सांसदहरू लिमा अधिकारी, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन भ्रमणमा छन् ।

उनीहरू बेइजिङ, हाङचोउ र सिचुवानलगायतका शहरहरूको भ्रमण गरेर मंसिर १० गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले राखेको छलफलमा ...
: सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। हालका प्रधानसेनापति अशोकराज ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ...
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्। ५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको ...
: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्। महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये ...