मुख्य समाचार
स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल
स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल

: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्।

५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको विषय महत्त्वपूर्ण नभएकाले संवैधानिक जटिलता नआउने गरी काम गर्नुपर्ने उनको भनाई छ। उनले भने,‘संविधान र कानुन अनुसार ५/५ वर्षको पूरै अवधि स्थानीय र प्रदेशलाई अधिकार दिएकाले सोही अनुसार गर्नुपर्छ। पहिले संघ र प्रदेशको निर्वाचन एकैपटक पनि गरेका छौं। छुट्टाछुट्टै पनि गरेका छौं। यो बारेमा राजनीतिक दलहरुबीच अझ छलफल गरेर अर्को बैठकमा टुंग्याउने भनेका छौं।’

नेकपाका संयोजकसमेत रहेका प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको प्राविधिक र अन्य तयारीका विषयमा आयोग र दलबीच छलफल हुनुपर्ने बताएको उल्लेख गरे। उनले विदेशमा गएका नेपाली नागरिकले मतदान गर्ने वातावरण बनाउन सबै लाग्नुपर्ने बताए। उनले भने,‘विदेशमा लाखौं नेपाली भएको स्थितिमा उनीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्ने पहिले पनि भनेका हौं। सर्वोच्च अदालतले मतदान गर्ने वातावरण बनाउनुपर्छ भनेर आदेश गरिसकेको छ। आज हाम्रो छलफलमा यसमा आयोग र दलबीच मतदानको वातावरण बनाउन प्राविधिक र अन्य तयारी गर्ने भन्नेतिर पनि भएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको राप्ती नगरपालिका –०१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा भारतीय कन्टेनर गाडीमा फल्स बटम बनाई लुकाइछिपाई ल्याउँदै गरेको ४४३ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । शुक्रबार बिहान ९ बजेको समयमा इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले राखेको छलफलमा ...
: सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। हालका प्रधानसेनापति अशोकराज ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ...
। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् । भूकम्पपछिको खोज तथा उद्धार, राहत ...