। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् ।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको दाबी गरे ।
महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको तथा बाँकी क्रममा रहेको उनले बताए ।
यस्तै, निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जनकपुर देखि अयोध्यासम्मको रेल सेवा नियमित रूपमा सञ्चालन गर्न तथा जनकपुरमा हवाई सेवा सुरु गर्न पहल हुनुपर्ने बताए ।
भ्रमणका क्रममा नेपालको आर्थिक विकास, सीमा, यातायात र अन्य सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने विश्वास रहेको उनको भनाइ छ ।