मुख्य समाचार
डान्सबार गएर सिभिल प्रहरी हुँ भन्दै धाकधम्की दिने दुई जना पक्राउ
डान्सबार गएर सिभिल प्रहरी हुँ भन्दै धाकधम्की दिने दुई जना पक्राउ

। डान्सबार प्रवेश गरेर आफू सिभिल प्रहरी हुँ भन्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दुवै जना बिहीबार राति साढे १२ बजे काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्सबार प्रवेश गरेका थिए । त्यहाँ उनीहरूले सिभिल प्रहरी भएको भन्दै सञ्चालक तथा कर्मचारीसँग विवाद गर्नुका साथै धाकधम्की र डरत्रास देखाएको प्रहरीले जनाएको छ ।

घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा समेत लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा कालीगण्डकी स्नान गरी पूजाआरधना गर्न ...
। स्थानीय तहको निर्वाचन तयारीबारे निर्वाचन आयोगले गरेको छलफलमा निष्पक्षताको प्रश्न उठेको छ । विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् । निर्वाचन आयोगले शुक्रबार गरेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट ...
। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको ...
। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताएका छन् । शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले यहि मंसिर ६ र ७ गते भारत भ्रमण गर्नेछन् । उनको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका हुन् । विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाएको उनको सचिवालयले जनाएको छ । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको ...