मुख्य समाचार
राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड
राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

। राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरूले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमश: प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल राष्ट्रिय (रास्वपा)का प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारीका सम्बन्धमा दलहरूलाई ब्रिफिङ गरेको जानकारी दिए ।

‘निर्वाचनको कुनैपनि क्रियाकलाप हुँदा संविधानको भावनाविपरित हुनुहुँदैन भन्ने कुरामा सबै दलहरू सहमत हुनुभएको छ । त्यसकारण संवैधानिक, आर्थिक, प्राविधिक र राजनीतिक पाटोबाट राष्ट्रिय र राजनीतिक सहमतिको आधारमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेकुरामा सबैको जोड छ । यो कुरामा दलहरूबीच सहमति हुनुको साथै आयोगलाई समेत, स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्ने कुरा भएको छ,’ खरेलले भने ।


उनले स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्न सकिने सम्भावनाको सम्बन्धमा समेत छलफल भएको बताए ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरूले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताए । उनका अनुसार छलफलमा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च घटाउन आवश्यकताका आधारमा संविधान एवं कानूनमा सुधार गर्नुपर्नेमा आयोगले जोड दिएको समेत बताए ।

‘निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने बारेमा राजनीतिक सहमति गर्नुस् भन्ने कुरा गर्नुभएको छ । अब राजनीतिक दलका संयन्त्रहरूबीच छलफल गरेर मिति तय होला,’ उनले भने ।

उनले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत अगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा मताधिकार दिनुपर्ने कुरा राखेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् । शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइका हुन् । ‘स्थानीय तहको सवलीकरणका कुरा गर्दा एमालेको ०५१ सालको सरकारलाई भुल्नु हुँदैन’, ओलीले भने ‘त्यतिबेला जनश्रमदान गरेर गाउँ गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै ...
। हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा समेत लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा कालीगण्डकी स्नान गरी पूजाआरधना गर्न ...
। स्थानीय तहको निर्वाचन तयारीबारे निर्वाचन आयोगले गरेको छलफलमा निष्पक्षताको प्रश्न उठेको छ । विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् । निर्वाचन आयोगले शुक्रबार गरेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट ...
। डान्सबार प्रवेश गरेर आफू सिभिल प्रहरी हुँ भन्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दुवै जना बिहीबार राति साढे ...
। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको ...