मुख्य समाचार
भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट
भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

। नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ ।

शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १२औं ओभरमा २६ रनमा अलआउट भयो ।

नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफ र रासिद खानले सर्वाधिक समान ६ रन बनाए ।

भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित रानाले ४ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।


त्यसअघि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।

कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए । त्यसअघि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए ।

भारत ४२-३ को अवस्थामा हुँदादेखि कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको शानदार दोहोरो शतकीय साझेदारी बनाए ।

भारतको स्कोर २४८ हुँदा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक बनाएपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा ...
। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे । मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक ...
: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फाइनलको सबै टिकट बिक्री भएको जनाएको छ। क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले सबै टिकट सोल्ड आउट भएको जानकारी दिएका हुन्। उनले विज्ञप्तिमार्फत भनेका छन्,‘नेपाल प्रिमियर लिगको यही मिति २०८३ मङ्सिर ५ गते हुने ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् । टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ । उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो ? भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् । शुक्रबार ...