मुख्य समाचार
रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण
रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण

रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक बताएका छन् । आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि क्राइमिया पुलमा भएको आक्रमणको बदला लिने चेतावनी दिएका थिए । उक्त पुल रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुख्य भूभागसँग जोड्न निर्माण गरेको हो ।

रुसको पछिल्लो आक्रमण यस्तो समयमा भएको छ, जतिबेला युद्ध अन्त्य गर्ने विषयमा विभिन्न तहमा वार्ता भइरहेको छ । यसैबीच, युक्रेनलाई पश्चिमा मुलुकको समर्थनमा सुरक्षा प्रत्याभूति दिने विषयमा रुस सहमत हुन सक्ने अमेरिकी दाबीलाई मस्कोले अस्वीकार गरेको छ ।


जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनका विभिन्न सहर र क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणमा आवासीय भवन तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाइएको थियो । रातभर हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो भने बिहानसम्म पनि साइरन बजिरहेका थिए ।

उनका अनुसार रुसले ११० भन्दा बढी क्षेप्यास्त्र र ४०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो ।

रुसले २० देखि ३० मिनेटको अन्तरालमा पटकपटक आक्रमण गरेको जेलेन्स्कीले बताएका छन् । उनका अनुसार यो निकै खतरनाक रणनीति थियो । यसले आगो निभाउन, भग्नावशेष हटाउन र अत्यावश्यक सेवा पुन: सञ्चालन गर्न थप कठिन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले आफ्नो देश कुनै पनि सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले इरान युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट ...
। रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणमा २७ वटा ब्यालिस्टिक मिसाइलसमेत प्रयोग गरेको बताएका छन्। उनले यसलाई युद्धकै सबैभन्दा ठूला आक्रमणमध्ये एक भनेका छन्। आक्रमणबाट ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः जिम्मेवारीमा फर्कने अवसर दिनुपर्ने बताएका छन् । ट्रम्पले हुआङ प्रतिभाशाली व्यक्ति भएको उल्लेख गर्दै उनको व्यक्तिगत र व्यावसायिक जीवनलाई अलग-अलग रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले हुआङलाई दोस्रो मौका दिनुपर्ने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत कुराकानी गरेको र जिनपिङले पनि त्यसमा ...
रुसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले युक्रेनलाई नेटो सदस्यता दिने कुरा रुसका लागि स्वीकार्य नहुने बताएका छन् । रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार गर्नुपर्ने उनले धारणा राखे । सर्गेईले रुस संवादका लागि तयार रहेको उल्लेख गर्दै युक्रेनको नेटो सदस्यताको विषयमा भने कुनै सम्झौता हुन ...
साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा बिहीबार बिहानै हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाएको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मल्कीले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रक्षेपण प्रणाली र ड्रोनका पार्टपुर्जा निर्माण तथा जडान गर्न प्रयोग गर्दै आएका ६ वटा कार्यशाला ध्वस्त पारिएको जानकारी दिएका छन् ...