मुख्य समाचार
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी

। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरू आक्रोशित भएका हुन् ।

उनीहरूले हिजो पनि त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए ।

आज पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै क्यानका पदाधिकारीविरुद्ध नाराबाजी गरेका छन् ।


टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले सामाजिक सञ्जालदेखि त्रिवि मैदानसम्म नै असन्तुष्टि बढेको हो ।

एनपीएलको फाइनल खेल आज साँझ हुँदैछ ।

त्रिवि मैदानमा साँझ ५ बजेबाट सुरु हुने फाइनल खेलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसअघि खेल हेर्नका लागि टिकट नपाएको र टिकट वितरणमा पारदर्शीता नभएको भन्दै दर्शकहरू आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ । सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर एनआरसीएस एप डाउनलोड गरी सदस्यता लिने व्यवस्था रेडक्रसले मिलाएको हो । यस्तै रेडक्रसका पुराना सदस्यहरुले समेत यसै एप्समार्फत आफ्नो सदस्यताको अनिवार्य अद्यावधिक गर्नुपर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक्रममा नेपालले जनताले सबैभन्दा बढी आशा कम्युनिस्ट पार्टीप्रति गरेको जिकिर गरे। उनले देश, जनता र समाजको चिन्ता रहेको बताउँदै मुलुकको रूपान्तरण र परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए। कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी ...
। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको र त्यसकाविरुद्ध लड्नेलाई कारबाही गरेको आरोप लगाएका हुन् । ‘खुलेआम भ्रष्टारी गर्नेलाई राज्यले पक्षपोषण गर्ने, संरक्षण गर्ने, विरुद्ध लड्नेलाई अनेक बहाना गरेर थुनछेक गर्ने बडो विचित्रको प्रचलन देखा ...
। जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ...
: सुनसरीको धरानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले बताए । वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सन्दीप कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले राजकुमार डंगोलको घरमा डेरा गरी बस्ने ...