मुख्य समाचार
जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट २४ जना पक्राउ
जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट २४ जना पक्राउ

: जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट २४ जना पक्राउ गरेको छ। शुक्रबार समयमा प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला काठमाडौं मैपी स्थित एक घरमा कौडा (जुवा) खेलिरहेको अवस्थामा ९ लाख ६० हजार रुपैयाँभन्दा बढी नगदसहित २४ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छश्र

उनीहरुसँग भएको नेपाली नगद ९ लाख साठ्ठि हजार पाँच सय रुपैया, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५००, र कौडा थान १६ बरामद भएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

को-को परे पक्राउ ?

१. निरज निरौला,
२. बसन्त अधिकारी,
३. सुजन श्रेष्ठ,
४. नारायण श्रेष्ठ,
५. राजेश केसी,
६. विनोद घिमिरे,
७. रामकृष्ण कार्की,
८. जलेश पाण्डे,
९. दिनेश भट्टराई,
१०. प्रदीप कडेल,
११. माधव बिष्ट,
१२. शालिग्राम वाग्ले,
१३. जयराम पाण्डे,
१४. शिव भट्ट,
१५. सन्दिप पौडेल,
१६. सुनिल श्रेष्ठ,
१७. प्रेम श्रेष्ठ,
१८. महेश दाहाल,
१९. श्याम शर्मा,
२०. अरुण बस्नेत,
२१. सुमन रिजाल,
२२. प्रदीप गौतम,
२३. आनन्द राज त्रिपाठी,
२४. अनिल सिलवाल ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीको समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नका लागि डेस्क स्थापना गरेको जनाएको हो। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत ...
: गृहमन्त्री सुधन गुरुङले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्ने आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमा उनले राष्ट्रसेवक कर्मचारीको काम देश र जनताको सेवा गर्ने भएको बताएका हुन्। गृहमन्त्री गुरुङले कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने, नेताको चाकडी गर्ने नभएको बताए।‘ हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् ...
। नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ । सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर एनआरसीएस एप डाउनलोड गरी सदस्यता लिने व्यवस्था रेडक्रसले मिलाएको हो । यस्तै रेडक्रसका पुराना सदस्यहरुले समेत यसै एप्समार्फत आफ्नो सदस्यताको अनिवार्य अद्यावधिक गर्नुपर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक्रममा नेपालले जनताले सबैभन्दा बढी आशा कम्युनिस्ट पार्टीप्रति गरेको जिकिर गरे। उनले देश, जनता र समाजको चिन्ता रहेको बताउँदै मुलुकको रूपान्तरण र परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए। कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी ...