मुख्य समाचार
प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ
प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ

: प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिप कुमार सिंह र सोही ठाउँका २८ वर्षीय रन्जित कुमार सिंह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार सवारी चेकजाँचका क्रममा शंका लागेर रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ३१.४३० ग्राम खैरो हेरोइन बरामद भएको हो।

प्रहरीले उनीहरूले प्रयोग गरेको म.प्र. ०१–००५ प ९९२४ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई लागूऔषध कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाइएको ब्यूरोले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गिय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् । नेकपा भक्तपुरले आज मध्यपुर थिमिमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै संयोजक दाहालले संविधान तथा कानुनले व्यवस्था गरेअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन् । जेठ ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन ...
। प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन अगाडिको बाटोमा नेपाल र भारतको झण्डा पोलमा राखिएको छ । आइतबार दिउँसो सवा ३ बजे उनी नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री ...
। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने धारणा राखेका छन् । शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक दस्तावेज भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पन्छिन नमिल्ने उनको तर्क थियो । शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन सरकारले तत्काल सत्य निरूपण ...