मुख्य समाचार
ओलीको विकल्प नभएको दाबी
ओलीको विकल्प नभएको दाबी

। नेकपा (एमाले) का सचिव महेश बस्नेतले केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् ।

एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन् ।
उनले वर्षायामको च्याउ घाम लागेपछि आफै मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गरे । उनले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाए ।

सुकुमवासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उनले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गरे । उनले बंगलादेशमा हाल भईरहेको आन्दोलनको प्रसंग निकाल्दै उहाँले सुकुम्बासी, गरिब तथा युवाहरूको माग सरकारले सम्बोधन नगरे नेपालमा पनि उक्त घटना हुनसक्ने बताए ।


‘वैदेशिक शक्तिहरूले केपी ओलीमाथि आक्रमण गरे । नेकपा (एमाले) माथि आक्रमण गरे । केपी ओली बिनाको नेपाल बनाउन खोजे, केपी ओली बिनाको एमाले बनाउन खोजे, केपी ओली बिनाको युवा बनाउन खोजे, यो सम्भव छैन । यो सम्भव छैन भनेर अघिल्लो वर्ष मंसिर ५ गते हामीले उद्घोष गर्यौं,’ उनले भने, ‘केपी बा, वी लभ यु भनेर युवाहरूले भने । ‘युवा बिनाको केपी ओली सम्भव छैन, हामी तपाईंको साथमा छौं’ भनेर भनेँ । आज आफ्नो स्थापना दिवसमा राजधानी कमिटीको गठन गरेर फेरि आज युवाहरूले दोहोर्‍याए ।’

उनले सरकारले भोटेकोशीका बाढीपीडितलाई राहत दिन नसकेको पनि बताए । प्रधानमन्त्री राहत कोषमा १७ अर्ब जम्मा भएपनि बाढीपीडितले खान नपाएर भोकै बस्न परेको उनको भनाइ छ । उनले वैदेशिक शक्तिहरूले एमालेविनाको देश बनाउन खोजेको पनि आरोप लगाए । तर एमाले विनाको देश र केपी ओली विनाको एमाले बनाउन कसैले नसक्ने उनको दाबी छ ।

‘आज होइन भोलिलाई तपाईंले सकेसम्म यो देश तपाईँले जिम्मा लिनुपर्छ भनेर आज युवाहरूले उद्घोष गरे । केपी ओली बिनाको युवा, युवा बिनाको केपी ओली अपुरो हुन्छ भन्ने कुरा युवाहरूले प्रमाणित गरे । नेकपा (एमाले) केपी ओली बिनाको बनाउन खोजियो,’ उनले भनिन्, ‘हामीले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्यौं, राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ र सर्वसम्मत ढंगले भन्यौँ, नेकपा (एमाले) मा केपी ओलीको विकल्प कसैले खोज्छ भने त्यसको विकल्प कार्यकर्ताले खोज्नेछन्, त्यसको विकल्प नेताहरूले खोज्नेछन् ।’

वैदेशिक शक्तिहरूले ओली र एमालेमाथि आक्रमण गरेर ओलीबिनाको नेपाल, एमाले र युवा शक्ति निर्माण गर्न खोजेको उनको आरोप छ । उनले एमालेभित्र ओलीको विकल्प खोज्नेलाई कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गरे ।

‘अहिले असमयिक ढंगले केपी ओलीको विकल्प खोज्नेहरूलाई आम राष्ट्रिय कार्यकर्ता भेलाबाट एउटा सन्देश हामीले दिएका छौं । यो देशमा केपी ओली बिनाको मुलुक बनाउने सपना बाँडेर भ्रमको खेती गर्नेहरूलाई आज भ्रमबाट मुक्त भएका छन् । गाउँतिर भन्ने गरिन्छ, छाता ढालेको च्याउ र बर्खामा उम्रिएको च्याउको फरक हुन्छ,’ बस्नेतले भने, ‘अहिले बालेन सरकार छ, यो बर्खामा उम्रिएको चुच्चे च्याउ हो । यो कुनै छाता ढालेको च्याउ होइन । बर्खा सकिए पछाडि जब घाम लाग्न थाल्छ, त्यसपछाडि यो च्याउ मरेर सकिन्छ । त्यही भएर यो हात न भुट्टामा आएको सरकार यो एक वर्ष पनि टिक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा एमालेको 'नेसनल भोलेन्टियर फोर्स' को पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले तत्कालीन सरकारको सिफारिसमा असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेर राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर बनाएको बताएका हुन् । उनले प्रधानन्यायाधीश भइसकेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डराएर संसद् विघटन गरेको ...
। लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रौतहट घर भएका ३३ वर्षीय राज कुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र कास्की घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकीमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई धाकधम्की दिई बिहीबार बिहान मोबाइल लुटपाट ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गिय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ...
: प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिप कुमार सिंह र सोही ठाउँका २८ वर्षीय रन्जित कुमार सिंह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् । नेकपा भक्तपुरले आज मध्यपुर थिमिमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै संयोजक दाहालले संविधान तथा कानुनले व्यवस्था गरेअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन् । जेठ ...