सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले पनि उनलाई उत्कृष्ट साथ दिए।
लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।