मुख्य समाचार
अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय
अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय

। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ।

एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ।
अदालतमा प्रस्तुत प्रमाणअनुसार सन् २०१३ देखि २०१५ सम्म म्याग्वायरले सांसद पदमा रहँदै चीनका १० जना नागरिकका लागि झुटा रोजगारी विवरणसहित भिसा आवेदन तयार पार्ने षड्यन्त्रमा सहयोग गरेका थिए।

अदालतमा भएको सुनुवाइका क्रममा उनले एनएसडब्ल्यूको रिभरिना क्षेत्रका विभिन्न व्यवसायीहरूसँग सम्पर्क गरी चिनियाँ नागरिकलाई रोजगारी दिने प्रायोजनका लागि व्यवसायहरू खोज्न सहयोग गरेको खुलासा भएको थियो।


ती व्यवसायहरूले वास्तविक रूपमा रोजगारी दिने योजना नभए पनि भिसा प्रयोजनका लागि कामदारलाई कर्मचारीका रूपमा देखाउने व्यवस्था गरिएको थियो। यस प्रक्रियामा व्यवसायीहरूलाई नगद रकमसमेत दिइएको अदालतमा प्रस्तुत प्रमाणले देखाएको थियो।

न्यायाधीश इयान बोर्कले म्याग्वायरले उक्त योजनाको योजना निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको ठहर गरेका छन्।

म्याग्वायर सन् १९९९ देखि २०१८ सम्म करिब २० वर्ष वागा वागा क्षेत्रबाट एनएसडब्ल्यू संसदमा प्रतिनिधित्व गरेका थिए। उनी लिबरल पार्टीका सांसद हुनुका साथै सरकार र प्रतिपक्ष दुवै समयमा संसदीय सचेतकको जिम्मेवारीमा समेत रहेका थिए।

यसअघि उनी एनएसडब्ल्यूका पूर्व मुख्यमन्त्री ग्लेडिस बेरेजिक्लियनसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आएका थिए। उक्त भिसा प्रकरणमा बेरेजिक्लियनको संलग्नता रहेको आरोप भने लगाइएको छैन।

म्याग्वायरका कानुनी प्रतिनिधिले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने संकेत गरेका छन्। पुनरावेदनको प्रक्रिया चलिरहँदा जेलबाहिर बस्न पाउनुपर्ने उनको जमानत निवेदनसमेत अदालतले अस्वीकार गरेको थियो।

फैसलापछि उनलाई अदालतबाटै हिरासतमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो ...
— तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ । बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ । सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र ...
— राजनीतिक हिंसा र आगजनीका घटना बढेपछि नियन्त्रणका लागि बंगलादेशले शनिबार सयौं अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी, प्रहरी चौकी तथा बैंकमा आक्रमण र प्रतिद्वन्द्वी दलका समर्थकका घर जलाउने क्रम तीव्र भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासित ७९ वर्षीया ...
— पोल्यान्डमा युरोपेली मुलुकहरूले संयुक्त सैन्य अभ्यास गरिरहेकै बेला शुक्रबार त्यहाँ दुईवटा रुसी क्षेप्यास्त्र र एक शंकास्पद ड्रोन खसेका छन् । पोल्यान्डको पीएपी समाचार संस्थाले सार्वजनिक गरेका त्यस क्षेत्रका सीसीटीभी र मोबाइल फोनका दृश्यहरूमा जंगलजस्तो देखिने क्षेत्रमा ठूलो आवाजसहित विस्फोट भएको र चम्किलो प्रकाश देखिएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले यसलाई रुसी उक्साहटको संज्ञा दिएका छन् ...
इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । इराकी सुरक्षा अधिकारीहरूका अनुसार बस्राको उत्तरी क्षेत्रमा रहेको हरिथा विद्युत् उत्पादन केन्द्रमा घटना भएको हो । इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार घटनास्थल ...