मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा
प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा

। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ ।

प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

सोही अवसरमा शुभकामना दिँदै रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।’

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको रास्वपाले जनाएको छ ।


भ्रमणबारे प्रधानमन्त्री शाहले सभापति रवि लामिछानेसँग विस्तृत छलफल तथा जानकारी गराएको पनि रास्वपाले जनाएको छ ।

‘उक्त अवसरमा सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ । महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत बालबालिकाका लागि भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जनालाई सद्भावना दूत बनाउने तयारी गरेको हो । प्रतियोगितामा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ...
। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा यस सम्बन्धमा उजुरी परेको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको हो । उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि ...
। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । २५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी ...
। संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र न्यायपूर्ण संक्रमणसम्बन्धी केही प्रक्रियागत निर्णय भए पनि समग्र राजनीतिक प्रतिबद्धता समेट्ने मुख्य कभर डिसिजनमा सहमति जुट्न सकेन । जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त, पेरिस सम्झौताको ...
। भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनले बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । प्रधानमन्त्री ...