मुख्य समाचार
प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित
प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित

। प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि दानबहादुर कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । जुन निवेदनको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो ।


त्यसपछि म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् । उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए । भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार ...
। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेट भएको छ । नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए । उनीहरूबीच भेटवार्ता सकिएको छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ । यसबाहेक ...
। प्रधानाध्यापक संघ नेपाल (पान) ले १२ बुँदे जनकपुरधाम घोषणापत्र सार्वजनिक गरेको छ । संघका अध्यक्ष सुदाम गौतमका अनुसार नेपालको विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र जीवनोपयोगी बनाउने साझा संकल्प अघि सारिएको छ । ‘विद्यालय सुधारौँ, शिक्षा बदलौँ र समृद्ध राष्ट्र निर्माणमा हातेमालो गरौँ । सबल नेतृत्व, सक्षम विद्यालय र गुणस्तरीय शिक्षा समुन्नत नेपालको आधार ...
। नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको छ । यो बैठक सुुरु हुनुअघि प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । भेटवार्ता अघि प्रधानमन्त्री बालेनलाई राष्ट्रपति निवास हैदरावाद हाउसमा गार्ड ...
। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् । आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् । सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् । ‘आज ...