मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार
प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार

। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् ।

उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ ।

आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए ।

भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए ।


मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

मोदीलाई बालेनले दिएको यो उपहारसेट व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

दूतावासको तर्फबाट भने प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् । भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने ...
। हदबन्दी छुट प्राप्त उद्योग, औद्योगिक प्रतिष्ठान, कम्पनी वा पूर्वाधार आयोजनाले जग्गा सट्टापट्टा गर्न पाउने भएका छन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै सट्टापट्टा गर्न दिने प्रस्ताव गरेको हो । सरकारले भूमि ऐनको दफा १२ (ग) मा अपवाद सम्बन्धी व्यवस्था थप गर्ने प्रस्ताव अध्यादेशको मस्यौदामा उल्लेख छ । सरकारले लगानी आकर्षित गर्ने उद्देश्य सहित ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् । उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए ।
। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेट भएको छ । नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए । उनीहरूबीच भेटवार्ता सकिएको छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ । यसबाहेक ...
। प्रधानाध्यापक संघ नेपाल (पान) ले १२ बुँदे जनकपुरधाम घोषणापत्र सार्वजनिक गरेको छ । संघका अध्यक्ष सुदाम गौतमका अनुसार नेपालको विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र जीवनोपयोगी बनाउने साझा संकल्प अघि सारिएको छ । ‘विद्यालय सुधारौँ, शिक्षा बदलौँ र समृद्ध राष्ट्र निर्माणमा हातेमालो गरौँ । सबल नेतृत्व, सक्षम विद्यालय र गुणस्तरीय शिक्षा समुन्नत नेपालको आधार ...