मुख्य समाचार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु

। नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।


भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।

करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।

६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ।
यो रेलको सुरक्षा कसले कसरी गर्ने भन्नेमा नेपाल र भारतबीच लामो समय छलफल चलेको थियो । भारतीय रेल नेपाली भूमिमा चल्दा त्यसको सुरक्षा कसले गर्ने भन्ने प्रश्न थियो । नेपालले नेपाली भूमिमा आफ्नै सुरक्षाकर्मी हुने भनेको थियो । भारतले भारतीय रेल भएकाले रेल जहाँसम्म जान्छ त्यहाँसम्म आफ्नै सुरक्षाकर्मी हुने बताएको थियो ।

धार्मिक पर्यटनलाई जोड्ने छ रेलमार्गले

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोडेर रामायण सर्किट पर्यटनलाई प्रवर्द्धन गर्न दुवै देशले यो रेल सेवा सञ्चालन थालेका हुन् । यो सेवा सुरु भएपछि नेपालका अरू शहरहरूमा जनकपुरबाट हवाई सेवा सुरु गर्ने योजना छ ।

जनकपुरबाट पोखरा हवाई सेवा सुरु गरी जनकपुर आएका पर्यटकलाई अन्य स्थानसम्म पुर्‍याउने नेपालको योजना छ ।

रेल सेवा सञ्चालनले त्यस क्षेत्रका नागरिकलाई सुविधा त थपिने नै छ यसले दुई देशबीच शताब्दीयौँदेखि कायम धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई भौतिक रूपमा जोड्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो। त्रेतायुगमा जनकपुरका राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई धार्मिक नगरीलाई रामायणको साझा सांस्कृतिक परम्परासँग जोडेको छ।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप तथा अयोध्यास्थित राम मन्दिरलगायतका धार्मिक स्थलले नेपाल र भारतबीचको साझा धार्मिक आस्था र सांस्कृतिक विरासतलाई प्रतिनिधित्व गर्दै आएका छन्।

विशेषगरी विवाहपञ्चमी महोत्सवका अवसरमा अयोध्याबाट आउने जन्ती र जनकपुरधामबाट जाने भारसहितको धार्मिक परम्पराले यी दुई सहरबीचको ऐतिहासिक सम्बन्ध छ ।

प्रत्येक वर्ष विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आउने साधु, सन्त तथा श्रद्धालुहरूको सहभागिताले पनि दुई धार्मिक नगरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नविन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ छन् । उनीहरूबाट एक लाख ९३ हजार १८५ रुपैयाँ र ४ बुक तास समेत ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् । यो पुल दार्चुला महाकाली नगरपालिका-८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ । यो पुल निर्माणका सबै लागत ...
। हदबन्दी छुट प्राप्त उद्योग, औद्योगिक प्रतिष्ठान, कम्पनी वा पूर्वाधार आयोजनाले जग्गा सट्टापट्टा गर्न पाउने भएका छन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै सट्टापट्टा गर्न दिने प्रस्ताव गरेको हो । सरकारले भूमि ऐनको दफा १२ (ग) मा अपवाद सम्बन्धी व्यवस्था थप गर्ने प्रस्ताव अध्यादेशको मस्यौदामा उल्लेख छ । सरकारले लगानी आकर्षित गर्ने उद्देश्य सहित ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् । उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए ।
। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् । उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए । भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार ...