मुख्य समाचार
महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन
महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन

। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

यो पुल दार्चुला महाकाली नगरपालिका-८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ ।

यो पुल निर्माणका सबै लागत भारत सरकारले बेहोरेको छ । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुल शिलान्यास गरेका थिए । यो पुल भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाख भारुमा बनाएको हो ।

यस मोटरेबल पुलले दुवै देशलाई जोड्ने छ । त्यससँगै दुवै मुलुकले पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको छ ।


दार्चुला र यस आसपास पहाडी भेगलाई भारतसँग सिधा जोड्न यो संरचना महत्त्वपूर्ण हुनेछ । यो संरचनाले नेपाल र भारतको पर्यटन, अर्थतन्त्र तथा नागरिक स्तरको सम्बन्ध अझ बलियो बनाउने विश्वास दुवै मुलुकले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् । त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन । तर त्यसमध्ये एक खर्ब भारु ऋण र ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको प्रसंशा गर्दै क्लियर भिजन र कमिटमेन्ट बोकेको नेताको रुपमा आफूले महसुस गरेको बताएका छन् । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । ‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भनेका छन्, ‘नेपालको ...
। काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नविन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ छन् । उनीहरूबाट एक लाख ९३ हजार १८५ रुपैयाँ र ४ बुक तास समेत ...
। नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् । भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने ...
। हदबन्दी छुट प्राप्त उद्योग, औद्योगिक प्रतिष्ठान, कम्पनी वा पूर्वाधार आयोजनाले जग्गा सट्टापट्टा गर्न पाउने भएका छन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै सट्टापट्टा गर्न दिने प्रस्ताव गरेको हो । सरकारले भूमि ऐनको दफा १२ (ग) मा अपवाद सम्बन्धी व्यवस्था थप गर्ने प्रस्ताव अध्यादेशको मस्यौदामा उल्लेख छ । सरकारले लगानी आकर्षित गर्ने उद्देश्य सहित ...