मुख्य समाचार
भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा
भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा

। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ ।

आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।

त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन । तर त्यसमध्ये एक खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदानको हिस्सा रहेको स्रोतले बतायो ।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । त्यसमध्ये भारतले नेपालले अनुरोध गरेअनुरुप नै ऋण सहयोग घोषणा गरेको हो । तर अनुदान रकम भने घटाइएको छ ।


१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।

भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको थिए । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि त्यसलाई भूकम्पको पुनर्निर्माणका लागि गर्ने सहयोगमा रुपान्तरण गरिएको थियो ।

त्यो एक अर्ब डलरमध्य २५ करोडलाई अनुदान र ७५ करोडलाई ऋण बनाइएको थियो । २५ करोड डलर सहयोग भूकम्पपछिको पुनर्निर्माणमा खर्च भयो । तर ७५ करोड डलर लाइन अफ क्रेडिट मध्ये ५ करोड डलर मात्रै खर्च हुनसक्यो ।

भारतको लाइन अफ क्रेडिटबाट बन्ने आयोजनामा ७५ प्रतिशत वस्तु भारतीय नै उपयोग गर्नुपर्ने नियम रहेकाले भारतले घोषणा गरेको मध्ये करिब ८५ अर्ब भारु ऋण उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

‘भारतले पहिल्यै प्रतिबद्धता गरेको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले २०२४ मा रद्द गरेको थियो । त्यसमा १० करोड डलर हाराहारी थपर १ खर्ब भारुको एलओसीको घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो । त्यसमा भारत सहमत हुन्छ होला । तर, अनुदान रकम भने कम गरेर मात्रै सहमति भयो,’ स्रोत भन्छ ।

* यसअघि समाचारमा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको उल्लेख भएकाले सच्याइएको छ । सं.

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई तेस्रो मुलुकसँग आयात– निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको प्रतिनिधिमण्डलस्तीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेनलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरे । नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि ...
। सिरहामा ट्याक्टरको टुल बक्सभित्र लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ सारस्वर टोलका ३३ वर्षीय अनिलकुमार महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ९:३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ट्याक्टरलाई विशेष सूचनाका आधारमा रोकेर जाँच ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको प्रसंशा गर्दै क्लियर भिजन र कमिटमेन्ट बोकेको नेताको रुपमा आफूले महसुस गरेको बताएका छन् । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । ‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भनेका छन्, ‘नेपालको ...
। काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नविन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ छन् । उनीहरूबाट एक लाख ९३ हजार १८५ रुपैयाँ र ४ बुक तास समेत ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् । यो पुल दार्चुला महाकाली नगरपालिका-८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ । यो पुल निर्माणका सबै लागत ...