मुख्य समाचार
राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताए
राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताए

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् ।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
‘दलहरूले त विदेशीहरूको चाहना, दबाब, प्रलोभनमा वा आफ्नै कुबुद्धी कुनै कुराको सिकार भएर देशलाई धर्मनिरपेक्ष बनाए होलान्,’ लिङ्देनले भने, ‘उनीहरूले फसे, बैमान भए होलान् । तर जनतालाई त मौका थियो नि ।’

त्यसपछि पटकपटक चुनाव आउँदा पनि जनताले त्यसो नगरेको उनले बताए । संविधान सभाले धर्मनिरपेक्ष नबनाएर अनुमोदन मात्रै गरेको उनले बताए ।


उनले नेपाललाई पुन: सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए ।

उनले धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दुराष्ट्रको महत्व रहेको उल्लेख गर्दै नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि हिन्दुराष्ट्र आवश्यक रहेको अध्यक्ष लिङ्देनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह ...
। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यम मार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण ...
। प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ । सो गाडीभित्र खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धरान उपमहानगरपालिकाबाट इटहरी उपमहानगरपालिका तर्फ गइरहेको ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यतासँग जोड्दै भगवान् राम र माता सीता दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीक रहेको बताएका हुन् । ‘भारत–नेपाल सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति ...
। प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।