मुख्य समाचार
भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने
भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने

। भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा दुवै देशले सहकार्य गर्ने उल्लेख छ।

डकुमेन्टमा नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसर प्रदान गरिने जनाइएको छ।

क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलहरूमा पनि यस्तै अवसरहरूको खोजी गरिने सहमति भएको छ। यसअन्तर्गत नेपालमा आधुनिक बहु–खेलकुद केन्द्रहरूको विकास गर्ने सम्भावनासमेत खोजिने सहमतिमा उल्लेख छ।


त्यसैगरी, संयुक्त आरोहण अभियान सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिने भएको छ।

साथै, क्रिकेट, फुटबल र अन्य खेलहरूमा भारत र नेपालका खेलाडीहरूलाई एकअर्काका खेलकुद लिगहरूमा सहभागी हुने अवसर खोज्न दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा प्राधिकरणहरूलाई प्रोत्साहन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त ...
। नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधारको विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्ताबेजमा सुशासनका क्षेत्रमा बहुआयामिक साझेदारी गर्ने उल्लेख गरिएको हो। संयुक्त दस्ताबेजमा डिजिटल प्रविधिको अवलम्बन गर्दै नागरिक र ...
। प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो। यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय १. शैक्षिक तथा अनुसन्धान सहकार्य : भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह ...
। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यम मार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण ...