मुख्य समाचार
कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने
कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने

। निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै ७ मंसिरमा पेशी तोकिएको थियो ।


कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै सोमबारको सुनुवाइ अर्को पेशीको मिति तोकेर सकिएको थियो ।

अब भने म्याद बुझेको प्रमाणसहित ९ मंसिरमा अर्को सुनुवाइ हुन सर्वोच्चले भनेको छ ।

१८ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

यो निर्णयविरुद्ध कार्कीले कानुनी उपचार खोज्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधारको विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्ताबेजमा सुशासनका क्षेत्रमा बहुआयामिक साझेदारी गर्ने उल्लेख गरिएको हो। संयुक्त दस्ताबेजमा डिजिटल प्रविधिको अवलम्बन गर्दै नागरिक र ...
। प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो। यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय १. शैक्षिक तथा अनुसन्धान सहकार्य : भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल ...
। भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा दुवै देशले सहकार्य गर्ने उल्लेख छ। डकुमेन्टमा नेपालका ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह ...
। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यम मार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण ...