मुख्य समाचार
भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान
भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान

। भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान गरेका छन् ।

उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए । विभिन्न भेटघाट र सम्झौता, सहमति लगायतका कार्यतालिका सकेर उनी आज नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) का बारेमा त्रिभुवन विश्वविद्यालय विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्विकार गर्ने) आदेश बदर गरेको हो । विश्वविद्यालयहरूले आफूखसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दावी सहित पेश भएको रिट निवेदन सर्वोचच अदालत ...
। लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् । आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी राउटे समुदायका प्रतिनिधिले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् । कृषि, वन तथा ...
। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् । आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् । उनले भने, ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ ...
। वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ। सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो। आरोही महर्जनले भने, ‘घटनाबारे जानकारी ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुई दिने भारत भ्रमण क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो । त्यसैगरी सिलिगुडी–झापा पेट्रोलियम अलस्टोरेज ग्रिनफिल्ड टर्मिनल पनि शिलान्यास भएको छ । करिब १२ अर्ब ...