मुख्य समाचार
वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार
वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार

। वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।

सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो।

आरोही महर्जनले भने, ‘घटनाबारे जानकारी प्राप्त भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली, दिल्ली प्रहरी तथा किन इण्डिया संस्थाले तत्काल सक्रियता देखाएका थिए, सम्बन्धित निकायबीचको समन्वय र संयुक्त प्रयासपछि तीनै जना नेपाली नागरिकलाई बन्धक अवस्थाबाट सकुशल उद्धार गर्न सफल भयौँ।’

सामाजिक संस्था किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसार समूहले उनीहरूलाई दिल्ली पुर्‍याएको थियो। जोशीले घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारका लागि पहल गरिएको बताए।


उनका अनुसार, रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको छ। यस उद्धार अभियानमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली तथा दिल्ली प्रहरी र सामाजिक संस्था किन इण्डियाको सहकार्य रहेको जानकारी दिइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर (बाह्य) क्याम्पसका साथै स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त घोषणा गरेका हुन्। भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : ...
। प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र उदघाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन् । आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बालेनले सो धारणा राखेका हुन् । नेपालीमा सम्बोधन गर्दै बालेनले भने, ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा ...
। सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधयादेश जारी गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्का दुवै ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे । यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा ...
। सर्वोच्च अदालतले कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) का बारेमा त्रिभुवन विश्वविद्यालय विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्विकार गर्ने) आदेश बदर गरेको हो । विश्वविद्यालयहरूले आफूखसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दावी सहित पेश भएको रिट निवेदन सर्वोचच अदालत ...