मुख्य समाचार
सरकारले काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने
सरकारले काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने

। सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ ।

त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ ।




‘सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नेपालमै विकसित सेल ब्रोडकाष्ट प्रविधिको परीक्षण गरिरहेका छन्,’ दुवै मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘परीक्षण सन्देश प्राप्त भएमा नआत्तिनुहोस् । कुनै कदम चाल्नु पर्दैन ।’

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले सेल ब्रोडकाष्ट सिस्टमको परीक्षण भइरहेको बताए । ‘हामीले बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट परीक्षण गरिरहेका छौं,’ घिमिरेले भने, ‘अहिले सीमित उपभोक्ताकोमा मात्रै यस्तो सन्देश प्रवाह हुनसक्छ । तर यो परीक्षणका लागि भएकाले कसैलाई पनि नआत्तिनु भनेका छौं ।’


गत १० भदौको भोटेकोशी बाढीपछि दुई टेलिकम कम्पनीहरू नेपाल टेलिकम र एन्सेलले प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्ताहरूको सेटमा बाढीको सतर्कता सम्बन्धी म्यासेज प्रवाह गरेका थिए ।

मोबाइल सेटमा आउने म्यासेज प्रभावकारी नभएको र कतिपयले समयमा म्यासेज हेर्न नपाएको भनी म्यासेज प्रणालीको प्रभावकारीतामाथि प्रश्न उठेको थियो । त्यसको विकल्पको रुपमा सरकारले सेल ब्रोडकाष्टको परीक्षण गरिरहेको हो ।

इन्टरनेशनल टेलिकम्यूनिकेस युनियन (आईटीयू)का अनुसार, सेल ब्रोडकाष्ट सिस्टमले कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल सेटहरूमा मोवाइल फोनमा आवाज सहितको सन्देश पठाउनेछ ।

भूकम्प, बाढी, पहिरो लगायत प्रतिकुल मौसमी अवस्थाका बेला सरकारले यस्ता मोवाइल सेटमार्फत अलर्टको सूचना आउँछ । त्यसक्रममा मोवाइलको स्कृनमा अलर्ट सूचना आउनुका साथै आवाज सहित भाइब्रेसन समेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृत्रिम बौद्धिकता (एआई) का बारेमा विश्वविद्यालयहरूले आफूखुसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दाबीसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। कानुनका विद्यार्थीहरूले एआईका बारेमा राज्यको स्पष्ट नीति र त्यसमा आधारित कानुन जारी नहुँदासम्म विश्वविद्यालयहरूले आफूखुसी रूपमा प्रयोग गर्ने बौद्धिक चोरी नियन्त्रणसम्बन्धी सफ्टवेयर प्रयोग गर्न नहुने माग गरेका ...
। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन शुक्रबार ...
: माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस सुरु भएको छ । माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुकलगायतका सेवा प्रभावित हुँदा विश्वका विभिन्न देशका व्यवसाय, सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले समस्या भोग्नुपरेको थियो । माइक्रोसफ्टका अनुसार नियमित स्वचालित जाँचका क्रममा केही सर्भर बन्द हुँदा बाँकी सर्भरमा ...
। प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई समाधान गर्न गरिएका परिवर्तनहरूले अपेक्षाअनुसार काम गरिरहेका छैनन् भनी बताएको छ। कम्पनी समस्या समाधान गर्न अन्य विकल्पहरूको खोजी गरिरहेको छ। यसको उद्देश्य सकेसम्म धेरै ...
। माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका कारण कनेक्टिभिटी समस्या उत्पन्न ...