मुख्य समाचार
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने सहमति
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने सहमति

। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने सहमति भएको छ ।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल :साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दृष्टिकोण दस्तावेजमा द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थलाई प्रतिबिम्बित गर्नुपर्ने र अद्यावधिक एवं अग्रगामी कानुनी ढाँचामा आधारित हुनुपर्ने उल्लेख छ ।

दस्तावेजको बुँदा नम्बर ४ अनुसार जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी विषयलगायत दुवै देशबीच थाती रहेका सबै मामिलाहरू आपसी छलफल र संवादमार्फत समाधान गरिने सहमतिसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी ...
। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। ...
। भारतीय समकक्षी नरेन्द्र मोदीले बालेन शाहलाई विश्वकै कान्छा प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघ महासभामा सुन्न पाएको भन्दै प्रशंसा बर्साए । सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीले त्यतिमात्रै भनेनन्, एक युवा प्रधानमन्त्रीका रुपमा बालेनको दूरदर्शिता र सोचको स्पष्टतासमेत पछिल्ला केही घण्टाहरूमा भएका छलफलमार्फत् आफूले पाएको मूल्यांकन सुनाए । पत्रकार भेटअघि बालेन र मोदीबीच समूहमा अनि एक्लाएक्लै वार्तासमेत भएको ...
। भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर (बाह्य) क्याम्पसका साथै स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त घोषणा गरेका हुन्। भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : ...
। प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र उदघाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन् । आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बालेनले सो धारणा राखेका हुन् । नेपालीमा सम्बोधन गर्दै बालेनले भने, ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा ...