मुख्य समाचार
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति

। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।‘

आज दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि केहीबेरअघि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ ।

नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो ।


यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको तर्क रहँदै आएको थियो ।

हाल अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ ।

नयाँ प्रवेशमार्ग उपलब्ध भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र उड्डयन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा छ ।

यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन ।

प्राविधिक विषयहरू, सुरक्षा तथा हवाई क्षेत्रको व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो ।

बालेन शाहको भारत भ्रमणमा यो विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो ।

हवाई रुटमा सहमति जुट्नु नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीको प्रतिफल प्राप्त गर्ने दिशामा पनि महत्त्वपूर्ण सुरुवात हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान रुटको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकेको अवस्थामा यसले नयाँ सम्भावना खोल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी ...
। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने सहमति भएको छ । भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल :साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दृष्टिकोण दस्तावेजमा द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थलाई ...
। भारतीय समकक्षी नरेन्द्र मोदीले बालेन शाहलाई विश्वकै कान्छा प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघ महासभामा सुन्न पाएको भन्दै प्रशंसा बर्साए । सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीले त्यतिमात्रै भनेनन्, एक युवा प्रधानमन्त्रीका रुपमा बालेनको दूरदर्शिता र सोचको स्पष्टतासमेत पछिल्ला केही घण्टाहरूमा भएका छलफलमार्फत् आफूले पाएको मूल्यांकन सुनाए । पत्रकार भेटअघि बालेन र मोदीबीच समूहमा अनि एक्लाएक्लै वार्तासमेत भएको ...
। भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर (बाह्य) क्याम्पसका साथै स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त घोषणा गरेका हुन्। भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : ...
। प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र उदघाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन् । आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बालेनले सो धारणा राखेका हुन् । नेपालीमा सम्बोधन गर्दै बालेनले भने, ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा ...