: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी बाढीपछिको पुनर्निर्माणलगायतका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेका छन्।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेनशाह र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबीच भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्।
उनले नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन्। उनले नेपाली जनताहरू पुन: आफ्नो जीवनशैलीमा फर्कन सकुन् भन्ने कामनासमेत गरे।
उनले भने,'नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ गति प्रदान गर्न, हामी आज २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको 'विकास सहयोग घोषणा गर्दछौं।'
यस सहयोग प्याकेजले बाढीका कारण क्षतिग्रस्त बनेका भौतिक संरचनाहरूको पुनर्निर्माण, विपद् व्यवस्थापन तथा देशको समग्र आर्थिक र पूर्वाधार विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।