मुख्य समाचार
मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो आत्मीयताले बुनिएको बताए
मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो आत्मीयताले बुनिएको बताए

: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो आत्मीयताले बुनिएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भगवान् राम र माता सीता दुई देशको साझा सभ्यता र आस्थाका प्रतीक भएको उल्लेख गरेका हुन्।

उनले सदियौंदेखि चल्दै आएको सांस्कृतिक र धार्मिक एकताले नेपाल–भारत मैत्रीलाई अझ प्रगाढ बनाएको स्पष्ट पारे। दुई छिमेकी मुलुकबीचको यो ऐतिहासिक र आत्मीय सम्बन्धले आगामी दिनमा पनि आपसी सद्भाव र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

आजै प्रधानमन्त्री बालेन र भारतीय समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुरधाम सीधा रेल सेवाको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। द्विपक्षीय भेटवार्तापछि ‘सरयू–कमला एक्सप्रेस’ नामक उक्त रेल सेवाको शुभारम्भ भएको हो।

करिब ६०४ किलोमिटर लामो दूरी तय गर्ने यो रेल सेवा साप्ताहिक रूपमा सञ्चालन हुनेछ। तालिका अनुसार रेल प्रत्येक सोमबार अयोध्याबाट जनकपुरधाम र शनिबार जनकपुरधाम देखि अयोध्याका लागि रेल सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन शाहले पारस्परिक सम्मान,अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला भएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले नेपाल भारतको अतुलनीयसम्बन्धको केन्द्र दुई देशका जनता रहेको बताएका हुन्। उनले शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका विषयमा बालेनको स्पष्ट दृष्टिकोण रहेको बताएका हुन्। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले केही महिनाअघि विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा शाहले संयुक्त राष्ट्रसङ्घमा गरेको सम्बोधनले उनको दृष्टिकोणको झलक ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको नयाँ अध्याय र व्यावहारिक पुनर्संरचना (प्राग्म्याटिक रिसेट)’ का रूपमा चित्रण गरेका छन् । गत मार्च २०२६ मा ‘जेन-जी’ आन्दोलनको पृष्ठभूमिमा प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश भ्रमण भएकाले भारतीय अखबार, टेलिभिजन, डिजिटल पोर्टल र पूर्वकूटनीतिज्ञहरूले यसलाई निकै चासो र प्राथमिकताका ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वर्षौंदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको एक भरपर्दो आपूर्तिकर्ता रहँदै आएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्। उनले आफ्नो ‘छिमेकी पहिले’ नीतिको मर्मअनुरूप यस वर्ष तेल आपूर्तिसँग ...
। राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ । गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । त्यसअघि नै दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ । यसअघि सरकारले गत कात्तिक १७ गते दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम