: प्रधानमन्त्री बालेन शाहले पारस्परिक सम्मान,अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला भएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले नेपाल भारतको अतुलनीयसम्बन्धको केन्द्र दुई देशका जनता रहेको बताएका हुन्।
उनले शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष बनाउन बहुआयामिक पक्षबाट सार्थक र दूरगामी छलफल गरेको जानकारीइ गराए। उनले भ्रमणका क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण साझेदरी तथा परियोजनाको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएको जानकारी दिए।
उनले भने,'हामीले आज गरेका समझदारीहरू र अघि बढाइएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ । नेपाल र भारत बीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदी झैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रियोस् , हामी सबैको जय होस् ।'