: सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योन्जन जिपको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। ढोकाको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्दा उनी सडकमा खसेका हुन्।
घाइते योन्जनलाई सोही गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएकोमा बिहान ९ः५० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले गाडी र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।