मुख्य समाचार
एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ
एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ

: मंगलबार एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ । बिहान करिब २–३ बजेदेखि चलेको हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको शिक्षिका सपना गुरुङले जानकारी दिइन् ।

हावाहुरीले विद्यालय भवनको जस्तापाता उडाएर लगेको छ । यसका साथै, गाउँका केही कच्ची घर तथा गोठका छानासमेत उडाएको स्थानीय शिक्षिका गुरुङले बताइन् ।

बिहान घाम लागेपछि हावा रोकिने अपेक्षा गरिए पनि हावा चल्ने क्रम अझै नरोकिएको उनको भनाइ छ । ‘आकाश पूर्ण रूपमा खुला छ, घाम पनि लागिरहेको छ,’ शिक्षिका गुरुङले भनिन्, ‘बादल नलागे पनि हावा भने लगातार चलिरहेकै छ ।’

हावाहुरीले नजिकैको जङ्गलका सुकेका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको छ । मंसिर महिनामा यस किसिमको विनाशकारी हावाहुरी चलेको आफूले पहिलो पटक भोग्नुपरेको स्थानीय गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ। जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिएको स्रोतको दाबी छ। सरकारले औपचारिकरूपमा भने यस विषयमा जानकारी ...
। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । उक्त अवसरमा उपराष्ट्रपति ...
: भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन्। दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार भविष्यको साझेदारीका लागि आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसम्मका १० वटा प्रमुख क्षेत्र निर्धारण गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा ...
। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेको सरकारले बताएको छ । भ्रमण सकेर प्रधानमन्त्री शाह फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बताएका हुन् । भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले दुवै देशको सम्बन्ध विस्तार गरेर परिणाममुखी बनाउनेगरी छलफल भएको उनको भनाइ थियो । ‘लामो समयपछि यस ...
: भारतले भैरहवा हवाइ रुट दिन सहमत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भ्रमण सम्बन्धमा जारी गरिएको संयुक्त विज्ञप्तिमा उक्त रुट दुईतर्फी सञ्चचालन गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ। 'हालः एकतर्फी रूपमा सञ्चालनमा रहेको 'B345 काठमाडौं-भैरहवा-लखनऊ' हवाई मार्गलाई दुईतर्फी (bidirectional) बनाउन दुवै पक्ष सहमत भए,' विज्ञप्तिमा उल्लेख छ। यससम्बन्धी कार्यविधि टुंगो लगाउन तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम