मुख्य समाचार
जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ
जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ

: जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।

जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिएको स्रोतको दाबी छ। सरकारले औपचारिकरूपमा भने यस विषयमा जानकारी गराएको छैन। स्रोतका अनुसार उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट पीडित बनेका व्यक्ति तथा परिवारले न्याय, क्षतिपूर्ति र उचित परिपूरण पाउनुपर्ने उद्देश्यले अध्यादेश ल्याएको बताइएको छ।

यसले आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने, क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने र गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो तथा व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी आधार तयार गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगेको छ। मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा हुने संयुक्त सैन्य अभ्यासका लागि सोमबार भारतीय सैनिक टोली नेपाल आइपुगेको हो। भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका अधिकारीहरूले नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारीहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले ...
: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले ...
: मंगलबार एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ । बिहान करिब २–३ बजेदेखि चलेको हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको शिक्षिका सपना गुरुङले जानकारी दिइन् । हावाहुरीले विद्यालय भवनको जस्तापाता उडाएर लगेको छ । यसका साथै, गाउँका केही कच्ची घर तथा गोठका छानासमेत उडाएको स्थानीय शिक्षिका गुरुङले ...
। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । उक्त अवसरमा उपराष्ट्रपति ...
: भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन्। दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार भविष्यको साझेदारीका लागि आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसम्मका १० वटा प्रमुख क्षेत्र निर्धारण गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम