मुख्य समाचार
नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगे
नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगे

: नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगेको छ। मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा हुने संयुक्त सैन्य अभ्यासका लागि सोमबार भारतीय सैनिक टोली नेपाल आइपुगेको हो।

भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका अधिकारीहरूले नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारीहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ।

नेपाल र भारतीय सेनाबीच 'सूर्य किरण' नामक सैन्य अभ्यास हुँदै आएको छ। २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ।

मंसिर २२ गतेसम्म चल्ने संयुक्त सैन्य अभ्यास प्रति विद्रोह, प्रति आतंकवाद युद्धकला, र विपद् व्यवस्थापनमा केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन्। दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ। नेपाल र भारतका सरकारी अधिकारीहरूको ...
: नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। 'नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,' उनले भने। ...
: सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र उत्थानका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र कलाको पहिचान तथा संरक्षण गर्दै जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको हो। यसका लागि समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता अध्ययन गरी विशेष विकास कार्यक्रमको खाका तयार गर्न छुट्टै ...
: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले ...
: जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ। जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिएको स्रोतको दाबी छ। सरकारले औपचारिकरूपमा भने यस विषयमा जानकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम