मुख्य समाचार
चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन नयाँ नीतिगत योजना अघि सारेको छ
चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन नयाँ नीतिगत योजना अघि सारेको छ

: चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन नयाँ नीतिगत योजना अघि सारेको छ । यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताले सुरुवाती रूपमा जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाइएको छ ।

चीनका सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । यो व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ ।

नयाँ व्यवस्थाबाट सैद्धान्तिक रूपमा करिब ४०० अर्ब युआन (झण्डै ५९ अर्ब ५८ करोड अमेरिकी डलर) थप रकम सेयर बजारमा लगानीका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।




मार्जिन कारोबारमा लगानीकर्ताले धितोपत्र दलालबाट ऋण लिएर सेयर खरिद गर्छन् । यसअघि सेयर खरिदका लागि बढी रकम आफैँले जम्मा गर्नुपर्ने व्यवस्था रहेकामा नयाँ नीतिले ऋण लिएर लगानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, सांघाई र सेन्जेन स्टक एक्सचेन्जले विभिन्न कारोबार शुल्कमा छुट दिने घोषणा गरेका छन् । सूचीकृत कम्पनीको सूचीकरण शुल्क तथा ऋणपत्र कारोबारसम्बन्धी शुल्क छुटको व्यवस्थालाई सन् २०२८ सम्म थप निरन्तरता दिइने भएको छ ।

सेन्जेन स्टक एक्सचेन्जले प्रविधि तथा विकासमुखी कम्पनीहरूको बजार चाइनानेक्स्टमा बजार निर्माता प्रणाली लागू गर्ने नियमको मस्यौदामाथि पनि सार्वजनिक राय मागेको छ । यस प्रणालीले सेयरको माग र आपूर्ति सहज बनाउँदै कारोबार बढाउन तथा मूल्यमा हुने उतारचढाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनका प्रमुख सेयर बजार सूचकहरू पछिल्ला दिनमा ओरालो लागिरहेका बेला सरकारले यी उपाय सार्वजनिक गरेको हो । यसअघि केन्द्रीय बैंकले पनि धितोपत्र, कोष तथा बिमा कम्पनीलाई लक्षित गर्दै १०० अर्ब युआनको तेस्रो चरणको सट्टापट्टा सुविधा सञ्चालन गरेको थियो ।

त्यस्तै, कम्पनीहरूलाई आफ्नै सेयर पुनः खरिद गर्न र प्रमुख सेयरधनीलाई थप सेयर खरिद गर्न बैंकमार्फत उपलब्ध गराइने पुनः कर्जा सुविधाको ब्याजदर १.२५ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिएको छ ।

चीन सरकारले पछिल्ला नीतिगत कदममार्फत सेयर बजारमा तरलता बढाउने, लगानीकर्ताको विश्वास फर्काउने र पुँजी बजारलाई स्थिर बनाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लिबियाको बेन्गाजीस्थित बन्दरगाहमा युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोत डुबेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । आइतबार बिहान इन्धन तथा आवश्यक सामग्री भरेर रुस फर्किने तयारीमा रहेको रुसी युद्धपोतमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी नौसेनाको कोर्भेट युद्धपोत ‘मर्क्युरी’ डुबेको छ । उक्त आक्रमणका लागि सातवटा नौसैनिक ड्रोन प्रयोग गरिएको ...
; संयुक्त राष्ट्रसंघीय वैज्ञानिक प्यानलले देशहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुन आवश्यक नरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा देशहरूले विद्यमान एआई प्रणाली प्रयोग गर्न, खुला मोडेललाई परिमार्जन गर्न वा आफ्नै आवश्यकता अनुसार नयाँ मोडेल विकास गर्न सक्ने उल्लेख गरेको छ । प्रतिवेदनअनुसार ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् । हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने विश्वास आफूले बोर्ड सदस्यहरूलाई दिलाएको ट्रम्पको भनाइ छ । एनभिडियाले हुआङलाई पुन: सीईओ नियुक्त गरेको घोषणा गरेलगत्तै सीएनबीसीसँग फोन अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहलमा ...
। एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ कम्पनीको मुख्यालय फर्किंदा कर्मचारीहरूले भव्य स्वागत गरेका छन् । हुआङ मुख्यालय फर्किएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । भिडियोमा कर्मचारीहरूले नाम पुकार्दै स्वागत गरेको र अंगालो हाल्दै स्वागत गरेको देखिन्छ । कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ ...
। दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् । आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम