मुख्य समाचार
नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ
नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ

: नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो।

प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। 'नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,' उनले भने।

त्यसपछि सम्बोधन गरेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि नेपाललाई प्राविधिक शिक्षाको हब बनाउने विश्वास व्यक्त गर्दै भारतीय विद्यार्थीहरूसमेत नेपालमा अध्ययन गर्न आउने वातावरण निर्माण गरिने बताए। प्रधानमन्त्री शाहले भने, 'आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनेछौं।'

नेपाल सरकारले आफ्नो बजेट र नीति तथा कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई नेपालमै क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको यो सहमतिसँगै सरकारको उक्त नीतिगत प्रतिबद्धता अब कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।

यस सहकार्यलाई नेपालमा एउटा विदेशी शैक्षिक संस्था थपिने विषयका रूपमा मात्र नहेरी समग्र इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने आधारका रूपमा लिनुपर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए।

'स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो,' मन्त्री पोखरेलले भने, ुनेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्त्वपूर्ण सुरुवात हो। यसरी नै विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरुसँग पनि सहकार्य हुनेछ।ु

छात्रवृत्ति विस्तारदेखि व्यावसायिक तालिम केन्द्रसम्मका सहमति
प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन्।

संयुक्त दृष्टिकोण पत्रअनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन (ल), प्रविधि (टेक्नोलोजी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयहरूमा थप छात्रवृत्ति र तालिमका अवसरहरू प्रदान गरिनेछ।

त्यस्तै दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ।

नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत नेपाली युवाहरूलाई उत्पादन (म्यानुफ्याक्चरिङ), सेवा (सर्भिसेज) र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ।

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा 'नालन्दा केन्द्र' स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आईसीएआर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेको जानकारी गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणका बारेमा ब्रिफिङ गर्दै भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। प्रधानमन्त्री शाहले मोदीसँगको भेटवार्ताका क्रममा नेपालको औपचारिक भ्रमणको निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै मोदीले ...
: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन्। दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ। नेपाल र भारतका सरकारी अधिकारीहरूको ...
: सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र उत्थानका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र कलाको पहिचान तथा संरक्षण गर्दै जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको हो। यसका लागि समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता अध्ययन गरी विशेष विकास कार्यक्रमको खाका तयार गर्न छुट्टै ...
: नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगेको छ। मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा हुने संयुक्त सैन्य अभ्यासका लागि सोमबार भारतीय सैनिक टोली नेपाल आइपुगेको हो। भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका अधिकारीहरूले नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारीहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले ...
: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम