मुख्य समाचार
मन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताए
मन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताए

: कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा मन्त्री गौतमले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

स्वास्थ्य बीमाबारे समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिल्याउनुपर्ने बताइन्। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन बैठकको आयोजना गरिएको थियो।

'घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने ? भन्ने हुनु हुँदैन । हरेक नागरिकले ‘मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु’ भनेर ढुक्क हुन सक्नुपर्छ,'बैठकमा मन्त्री गौतमले भनिन्।

बीमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मा राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो। उनले भनिन्,'नागरिकका गुनासा सुनेर हामीले खोज्नुपर्ने सुधार त्यही हो,नागरिकका गुनासा सम्बोधन गर्दै अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनु नै सुधारको प्राथमिकता हुनुपर्छ ।'

बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए। छलफलमा मन्त्री गौतमले बीमामार्फत उपचार सेवा दिन सरकारी अस्पतालको सञ्जाल पर्याप्त छ कि निजी अस्पताललाई पनि कार्यक्रममा जोड्नुपर्छ भन्ने प्रश्न उठाइन्।

बैठकमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष,सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन र भुक्तानी एउटै प्रणालीमा ल्याउने प्रस्तावमाथि छलफल भएको थियो। ती सबै निकायको एकीकरणका लागि विद्यमान ऐनहरू संशोधन गरेर तीनै निकायलाई जोड्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइ राख्ने दुई कानुनी विकल्पबारे बैठकमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’ कागजात प्राप्त भएपछि अध्ययन गरी ...
। जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् । सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको उनको स्पष्टीकरण छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उठेका प्रश्नको जवाफ दिँदै रजौरियाले विभागको प्रमुखको हैसियतमा प्रचलित कानुन तथा सार्वजनिक ...
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेको जानकारी गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणका बारेमा ब्रिफिङ गर्दै भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। प्रधानमन्त्री शाहले मोदीसँगको भेटवार्ताका क्रममा नेपालको औपचारिक भ्रमणको निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै मोदीले ...
: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन्। दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ। नेपाल र भारतका सरकारी अधिकारीहरूको ...
: नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। 'नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,' उनले भने। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम