मुख्य समाचार
प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान
प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान

: प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।

सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका प्राविधिक महासेनानी जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

यसैगरी महासेनानीमा पदोन्नती भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध,आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले कतारको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै ...
: काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार नमोबुद्ध मेला लागेको छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन यहाँ नमोबुद्ध मेलाका साथै जात्रा लाग्ने गर्दछ। जात्रामा दिवङ्गत आत्माहरूको स्मरणमा दीप प्रज्वलन तथा पूजाआजा गर्ने गरिन्छ। देशका विभिन्न जिल्लासँगै अन्य देशबाट समेत बौद्ध धर्मावलम्बीहरू जात्रामा आउने गर्छन्। पूर्णिमाको दिन शान्तिका प्रतीक गौतम बुद्धले पूर्वजन्ममा ‘राजकुमार’का ...
। जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।
। जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । अपराध रोकथाम तथा नियन्त्रण गर्न समाजमा शान्ति, सुव्यवस्था कायम ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। सरकारका कुनै पनि व्यक्तिले आफूहरूलाई तर्साउन खोजेको भए गलत पार्टी र गलत मान्छे छानेको उनको भनाइ छ। पार्टी कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले सरकारले प्रतिपक्षीको आवाज दबाउन खोजे त्यसको सशक्त प्रतिवाद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम